फाइल तस्विर
पोखरा । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ८९ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा शुक्रवार बिहान ७ः३० बजेसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ८९ हजार ९३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ । अमेरिकामा शुक्रवार बिहानसम्म ज्यान गुमाउनेको संख्या १ लाख ३८ हजार २ सय ९१ पुगेको छ । त्यस्तै ब्राजिलमा ७६ हजार ६ सय ८८ पुगेको छ ।
यसैगरी धेरै ज्यान गुमाउनेको देशको सूचीमा तेस्रो स्थानमा रहेको युकेमा ४५ हजार २ सय ४ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अध्यावधिक विवरण अनुसार विश्वभर संक्रमितको संख्या १ करोड ३७ लाख ५८ हजार ५ सय ३३ पुगेको छ ।