![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/khoramukha.jpg?fit=972%2C871&ssl=1)
पाेखरा २ साउन । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित खोरामुखको पाखा भन्ने ठाउँमा पहिरो जाँदा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेमराज विकको घरमाथि पहिरो खस्दा घरको १ कोठा पहिरोले च्यापेको कास्की प्रहरीले जनाएको छ ।
प्रेमराज विकका १६ वर्षिय नाती कुसल विक, नातिनी १६ वर्षीया रोजीना विक र नाती १४ बर्षिय समिर विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घरमा ६ जना सुतिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकाली सकेको छ ।
भिडियो स्रोत : टीकाराम गौतमको फेसबुकबाट