कोरोनाले सप्तरीका एक जनाको मृत्यु

-


     मर्दी न्युज    
     २ साउन २०७७ मा प्रकाशित


धरान । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिकाका ७२ वर्षीय बृद्धको बिहीबार राति उपचारका क्रममा निधन भएको हो ।

मुटुका रोगी उनको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले असार ३० गते बिपी प्रतिष्ठान पु¥याएको थियो । उपचारअघि अस्पतालमै उनको स्वाब संकलन गरी परीक्षण गरिएकोमा बिहीबार बिहान पोजिटिभ रिपोर्ट आएको थियो ।

आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै बृद्धको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताए ।

यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ ।



Tags: