नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

-


     मर्दी न्युज    
     श्रावण २ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि सारिएको बैठक साउन ४ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

यसअघि शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

केही दिनदेखि नेकपामा देखिएको आन्तरिक कलह मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निश्कर्ष टुंगिएको थियो ।