पर्यटन क्षेत्रलाई सहुलियत कर्जा तथा चुक्ता म्याद थप गरिने

-


     मर्दी न्युज    
     २ साउन २०७७ मा प्रकाशित


काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । आज शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारले यस्तो व्यवस्था गरेको बताए ।

उनले पर्यटन व्यवसायसँग सम्बन्धित हवाई सेवा, होटल, रेष्टुरेन्ट लगायतका उद्योग व्यवसायलाई सहुलियत कर्जाको व्यवस्था मिलाइने बताए ।

त्यस्तै शिक्षा, पर्यटन लगायतका कोरोनाका कारण प्रभावित भएका क्षेत्रको कर्जा भुक्तानीको म्याद थप गरिने अधिकारीले जानकारी दिए । यस्तै सो क्षेत्रका असार मसान्तसम्म म्याद कायम भएका कर्जालाई पुस मसान्तसम्म बढाउने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

त्यस्तै कोभिडबाट अति जोखिमा परेका पेशा व्यवसायसँग सम्बन्धित कर्जा तिर्नपर्ने म्याद अर्को वर्षको असार मसान्तसम्म सार्न व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।