मेजर दीपकबहादुर गुरुङको निधन

-


     मर्दी न्युज    
     २ साउन २०७७ मा प्रकाशित


काठमाडौं । पूर्वसांसद तथा नेपाल गोरखा भूतपूर्व सैनिक संघका संस्थापक मेजर दीपकबहादुर गुरुङको निधन भएको छ ।
मिर्गौला रोगबाट पीडित ८५ वर्षीय गुरुङको उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

कास्कीको ताङतिङमा जन्म भएका गुरुङले २० वर्ष ब्रिटिश गोर्खामा भर्ती भई सैनिक जीवन बिताएका थिए । सेवा निवृत्त भएपछि मेजर गुरुङ नेपाल फर्किएर नेपाली कांग्रेसबाट राजनीति समेत गरे । त्यसपछि उनी सांसद पनि भए ।

त्यसैगरी उनले गोरखा भूतपूर्व सैनिकहरुलाई समानताको न्याय दिलाउन संस्थागत रुपमा महत्वपूर्ण भूमिका खेल्दै नेपाली काँग्रेस समर्थित गोरखा भूतपूर्व सैनिक संघमार्फत लागे । यसैगरी उनी तत्कालिन तमु छोंज धींमा पनि आबद्ध भई विभिन्न सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिए । त्यस्तै काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समितिमा पनि उनी अध्यक्ष भए । त्यसैगरी मेजर गुरुङ दर्जनौं सामाजिक संस्थामा आबद्ध भई योगदान दिएका छन् ।

पारिवारिक स्रोतका अनुसार उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने भएको छ ।