नेपालमा थप १०१ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     २ साउन २०७७ मा प्रकाशित


पोखरा, २ साउन । नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ८८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख ८ हजार ४ सय ९८ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी शुक्रवारसम्म क्वारेन्टाइनमा २२ हजार ७ सय ५६ जना रहेका छन् । यस्तै आइसोलेसनमा ५ हजार ८ सय ७१ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा २ सय ८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको छ ।



Tags: