लमजुङ । लमजुङ क्वारेन्टाइनमा बसेको एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छ । जिल्लाको क्व्होलासोंथर गाउँपालिका वडा नं. ९ गिलुङस्थित बुद्धोदय माविकोे क्वारेन्टाइनमा बसेका पसगाउँका २३ वर्षीय युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।
क्व्होलासोंथर गाउँपालिका वडा नं. ६ पसगाउँ स्थायी घर भएका ती युवक गत असार ३१ गते बुटवलवाट घर आई हिजो बिहीवारदेखि क्वारेन्टाइनमा बसेका थिए । ती युवक मात्र क्वारेन्टाइनमा रहेको स्थानीय महेन्द्र गुरुङले बताए ।
घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएकोले थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।