पोखरा, ३ साउन । नेपालमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख ११ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शनिवारसम्म क्वारेन्टाइनमा २३ हजार २ सय ५० जना रहेका छन् । यस्तै आइसोलेसनमा ५ हजार ८ सय २५ जना संक्रमितहरु उपचाररत रहेका छन् ।
पछिल्लो २४ घन्टामा १ सय ३ जना निको भएर घर फर्किएका छन् ।नेपालमा कोरोना संक्रमित निको हुनेको प्रतिशतमा ६६ दशमलव १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिवार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले हालसम्म ११ हजार ६ सय ३७ जना संक्रमित निको भएको जानकारी दिएका छन् ।