सन थापा
जापान (क्योतो) जुलाई १८ ।
जापानमा कोरोना भाईरस संक्रमण कोभिट –१९ मिटर फेरि बढ्दै गएको छ । शनिबार साँझ ७ बजेसम्म कुल संक्रमित संख्या २४ हजार ९ सय ६६ जना पुगेको छ। आज मात्रै ६ सय १७ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ सय ९८ जनाको मृत्यु, ३९ जना गम्भीर बिरामी र १९ हजार ७ सय ५५ जना सन्चो भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ । शुक्रबार ५ सय ९७ जना संक्रमित भएकोमा आज २० जना बढेको हो ।
सबैभन्दा बढी टोकियोमा संक्रमित
टोकियोमा मात्रै आज २ सय ९० जना थपिएर कुल संक्रमित ९ हजार २ सय २३ जना पुगेका छन्। शुक्रबार सर्वाधिक २ सय ९३ जना संक्रमित थपिएकोमा बिहीबार २ सय ८६ जना थपिएका थिए ।
यी हुन् बढी संक्रमित ९ प्रान्त
टोकियोपछि बढी संक्रमित ओसाका प्रान्त रहेको छ। जहाँ आज ८६ जना थपिएर जम्मा २ हजार ३ सय ३१ जना पुगेका छन् । त्यसैगरी खानागावा प्रान्तमा १ हजार ९ सय ६६ जना संक्रमित पुगेका छन् भने चौथो बढी संक्रमित प्रान्त साइतामा हो जहाँ १ हजार ७ सय सात जना संक्रमित पुगेका छन् । होक्काईदोमा १ हजार ३ सय ३९जना संक्रमित छन् जुन पाचौं बढी संक्रमित प्रान्त हो ।
त्यसैगरी छैटौं, सातौं,आठौं, र नवौंमा क्रमशः चिबामा १ हजार २ सय ६७ जना,फुकुओकामा ९ सय ७९जना, ह्योगोमा ८ सय १५ जना, आईचीमा ६ सय २२ जना र क्योतोमा ५ सय २७ जना संक्रमित रहेका छन् ।
यसअघि संक्रमण बढेपछि जापान सरकारले अप्रिल १७ मध्यरातबाट आपतकालीन अवस्था विभिन्न चरणमा ४७ ओटै प्रान्तमा घोषणा गरेकोमा कम संक्रमण भएको प्रान्तहरूमा चरणबद्द रूपमा आपतकालीन अवस्था हटाएको थियो ।
आपतकाल हटाए पनि पुनः संक्रमण दर बढेकोले सतर्क रहन सरकारले आग्रह गरेको छ । दैनिक १६ हजार देखि २० हजार जनाको पिसिआर परीक्षण गर्दै आएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।