काठमाडौँ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नका लागि शीतलनिवास पुगेका छन् ।
शनिबार बालुवाटारमा करिब ४ घन्टा बसेको सचिवालय बैठक सकिएलगत्तै ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् ।
यसअघि विवाद चर्किँदा एक्ला एक्लै शीतल निवास पुगेर भलाकुसारी गर्ने दुई नेता एकसाथ शीतल निवास प्रवेशलाई अर्थपूर्णरुपमा लिइएको छ।