नेकपा सचिवालय बैठक : सहमतिका आधारमा निकास दिन दुवै पक्ष तयार

-


     मर्दी न्युज    
     श्रावण ३ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । शनिबार दिउँसो ३ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक साँझ ७ बजेपछि सकिएको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टीको आन्तरिक संकटलाई सहमतिकै आधारमा समाधान गर्ने विषयमा छलफल भएको छ ।

‘पार्टी भित्रको संकट समाधान गर्न सकिन्छ भन्ने विषयमा पार्टीका अध्यक्ष र साथीहरुले विचार राख्नुभयो’, प्रवक्ता श्रेष्ठले भने, ‘स्थायी कमिटी र पार्टीमा आएका विभिन्न विचारलाई सम्बोधन गर्नेगरी सहमति गर्नुपर्छ भन्ने विषयमा छलफल भएको छ ।’

सचिवालयको बैठकपछि आइतबार ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

नेकपा बैठक असार १८ यता ५ पटक स्थगित भएर आइतबारसम्मका लागि सारिएको छ ।