एजेन्सी । प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका २ स्थित भिंगृ–स्वर्गद्वारी सडकखण्डको रुमालेमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ओसिस कन्सट्रक्सन निर्माण कम्पनीमार्फत सडक बनाउन खटिएका कामदारहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दु्र्घटनामा मृत्यु हुनेमा रोल्पा रुम्टगढी गाउँपालिका वडा नं. ५ निवासी १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, गोर्बधन बुढा मगर र त्रिवेणी गाउँपालिकाका निवासी २५ वर्षीय कमल कुँवर रहेको जानकारी जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकृत प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले बताए ।
सडक निर्माणको काम गर्ने कामदारहरु साउने सङ्क्रान्ति मनाएर काममा फर्कने क्रममा ट्याक्टर दुर्घटनमा परेको हो । ट्याक्टर घुम्तीबाट करिब ३ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।