नेकपा स्थायी कमिटी बैठक मङ्गलबारसम्मका लागि स्थगित

-


     मर्दी न्युज    
     ४ साउन २०७७ मा प्रकाशित


काठमाडौं, ४ साउन । सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । पटक पटक स्थगित हुँदै आएको बैठक मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।