
पोखरा, ४ साउन । नेपालमा थप एक सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख १५ हजार ५ सय ७० जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी आइतबारसम्म क्वारेन्टाइनमा २२ हजार ६ सय ६२ जना रहेका छन् । यस्तै आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा ५८ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ ।