
पोखरा, ४ साउन । गण्डकी प्रदेशको नवलपुर जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ५ पुगेको छ ।
जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणमा नवलपुर देवचुली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमितहरुमा ४० वर्षीया एक महिला र २४ र ३७ वर्षका दुई पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको निर्देशनाले जनाएको छ ।
यसअघि आजै गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी गण्डकी प्रदेशमा निको हुनेको संख्या पनि एक हजार नाघेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेशमा कोरोना निको भई घर फर्किनेको संख्या एक हजार ४ पुगेको छ ।
