गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     ५ साउन २०७७ मा प्रकाशित


पोखरा, ५ साउन । गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालय सोमबार जारी गरेको विज्ञप्ति अनुसार थपिएका संक्रमितहरु ४ जिल्लाका १२ जना रहेका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा तनहुँका २ जना, स्याङ्जाका १ जना, लमजुङका १ जना र कास्कीको पोखरा महानगरपालिकाका ८ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय १७ पुगेको छ । आज संक्रमण पुष्टि भएकाहरुमा तनहुँका भानु नगरपालिका र शुक्ला गण्डकी नगरपालिकाका १÷१ जना पुरुष रहेका छन् । यसैगरी स्याङ्जाका गल्याङ नगरपालिकाका १ जना पुरुष र लमजुङ सुन्दरबजार नगरपालिकाका १ जना पुरुष रहेका छन् ।

यसैगरी पोखरा महानगरपालिकाका २ महिला र ६ पुरुष गरी ८ जना रहेका छन् ।

संक्रमित सबै जिल्लाका व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशमा हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १८२४ रहेको निर्देशनालयले जनाएको छ ।



Tags: