नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, १७३ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     ५ साउन २०७७ मा प्रकाशित


पोखरा, ५ साउन । नेपालमा थप एक सय ८६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २ सय १६ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख १९ हजार ८ सय ७२ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी सोमवार क्वारेन्टाइनमा २२ हजार २ सय २८ जना रहेका छन् । यस्तै आइसोलेसनमा ५ हजार ९ सय ३६ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा १७३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ । निको हुनेको प्रतिशतमा ६६.५१ प्रतिशत रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: