
पोखरा । अविरल वर्षासँगै चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएको र ताल फुट्न सक्ने जनाएको छ ।
चिनियाँ अधिकारीहरुबाट न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र यो पोखरी फुट्नसक्ने सम्भावना रहेको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सोमवार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशे गाउँपालिका, बाह्रबिसे नगरपालिकाका जनतालाई सतर्क रहन आग्रह गरिएको छ ।
पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आएर नदी किनारको बस्तीमा ठूलो क्षति पु¥याउन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्क रहन अपिल गरेको हो । साथै नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको ढकालले विज्ञप्तिमार्फत जनाएको छ ।


