गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     ६ साउन २०७७ मा प्रकाशित


पोखरा, ६ साउन । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालय मंगलवार जारी गरेको विज्ञप्ति अनुसार थपिएका संक्रमितहरु म्याग्दी, बागलुङ र स्याङ्जाका गरी ३ जिल्लाका रहेका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा म्याग्दीका ३ जना, बागलुङका ३ जना र स्याङ्जाका ३ गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय २९ पुगेको छ ।

संक्रमित सबै जिल्लाका व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोना निको भई घर फर्किनेको संख्या एक हजार २० पुगेको छ ।



Tags: