गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     ६ साउन २०७७ मा प्रकाशित


पोखरा, ६ साउन । गण्डकी प्रदेशमा मं‌गलबार फेरि १६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश निर्देशनालयका अनुसार थपिएका १६ जाना मध्ये ७ जना स्याङजाको रहेका छन् । तीमध्ये ३ जना नयाँ पुष्टि भएका हुने भने ४ जना यसअघि गणना हुन छुटेका गल्याङ र वालिङका गरी ४ जना रहेका छन् ।

यस्तै, लमजुङका राईनाशका ३, बेशीसहर, सुन्दरबजार र मध्यनेपालका १÷१ जना गरी ३ सहित ६ जना पुरुष रहेका छन् । अन्य ३ जना बागलुङको बागलुङ नगरपालिका र जैमिनीका रहेको निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यसअघि आज मंगलबार बिहानै मात्रै गण्डकीमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा मंगलबार मात्रै २५ मा संक्रमण पुष्टि भएको छ भने हालसम्म संक्रमितको संख्या १३४५ पुगेको छ ।



Tags: