फाइल तस्विर
धरान । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बृद्धको निधन भएको छ । गत साउन १ गते प्रतिष्ठानको कोरोना अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० वर्षीय बृद्धको मंगलबार राति निधन भएको अस्पतालले जनाएको छ ।
महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. निधेश सापकोटाले जानकारी दिए ।
योसँगै प्रतिष्ठानमा उपचारका लागि आएका दोस्रो कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो ।
प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रवक्ता डा.सापकोटाले बताए । उनले प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २ सय ६७ जनालो कोरोना जितेर डिस्चार्ज भइसकेको बताए ।