नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बुधबारका लागि तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार ५६० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । अघिल्लो दिनको तुलनामा तोलामै ९५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ प्रतितोला चाँदीको मूल्य कायम भएको महासंघले जनाएको छ ।
सुनको मूल्यले अहिलेसम्मकै उच्च भई नयाँ कीर्तिमान बनेको हो ।