फाईल फोटो
धादिङ । लगातारको अविरल वर्षा पछिको बाढी–पहिरोले पृथ्वीराजमार्गको धादिङ खण्डको मौवाखोला पुल एकतर्फी खुलेको छ ।
बुधवार पृथ्वीराजमार्ग अन्तर्गत पर्ने धादिङ र चितवनको सीमामा रहेको मौवा खोलाको पुल बगाएपछि ठप्प रहेको देशकै सबैभन्दा व्यस्त सडक एकतर्फी खुलेको हो ।
पृथ्वी राजमार्गसँग देशकै राजधानी काठमाडौंसँगको सम्पर्क टुटेको ४० घण्टा पछि सडक एकतर्फी खुलेको हो । धादिङ र चितवनको सीमामा रहेको मौवा खोलाको पुल बगाएपछि बन्द सडक एकतर्फी खुलाइएको स्थानीयले बताए ।
स्थानीयका अनुसार मौवा खोलाको पुल मर्मतको काम पनि धमाधम भइरहेकोले पुलबाट अझै पनि सवारी गुडेको छैन ।