पोखरा, ७ साउन । नेपालमा थप एक सय जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख २७ हजार ६ सय १४ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी मंगलवारसम्म क्वारेन्टाइनमा २० हजार ८ सय ४२ जना रहेका छन् । यस्तै आइसोलेसनमा ५ हजार ३ सय ६९ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा २०७ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १२ हजार ६ सय ८४ रहेको प्रवक्ता डा गौतमले बताए ।