पोखरा, ८ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण विश्वमा आजसम्म ज्यान गुमाउनेको संख्या ६ लाख २० हजार २५७ पुगेको छ ।
कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । अमेरिकामा हालसम्म १ लाख ४२ हजार ९४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमणबाट ८१ हजार ४८७ जनाको ज्यान गएको छ ।
चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा डेढ करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५० लाख ७७ हजार १८२ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिकामा छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ३९ लाख ५५ हजार ८६० पुगेको छ । त्यस्तै धेरै संक्रमितको सूचिको दोस्रो स्थानमा रहेको ब्राजिलमा २१ लाख ५९ हजार ६५४ रहेको छ ।
त्यस्तै सबैभन्दा धेरै संक्रमितको सूचिमा तेस्रो स्थानमा भारत रहेको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमितको संख्या ११ लाख ९३ हजार ७८ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोना निको भइ घर फर्कनेको संख्या ८५ लाख ८८ हजार ७५७ जना रहेको छ ।