
पोखरा, ८ साउन । चार महिनाको लामो लकडाउनपछि आज बिहीवारदेखि पोखरामा सार्वजनिक यातायातका साधन चलेका छन् । सञ्चालनमा आएका सवारी धनीले आवश्यक मापदण्ड अपनाएर गाडी चलाएको बताएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिने उद्देश्यले सरकारले जारी राखेको चार महिना लामो लकडाउनका कारण पोखरामा सार्वजनिक यातायातका साधन चल्न पाएका थिएनन् । गत मंगलबार रातीबाट सरकारले १२० दिन लामो लकडाउन हटाएसँगै यातायात व्यवसायीहरुले आधारभूत सुरक्षा सतर्कता अपनाएर सवारी सञ्चालन गरिएको व्यवसायीहरुले बताएका छन् ।
तर विज्ञहरुले भने कोरोना संक्रमणको जोखिम भने नटरेको बताएका छन् । लकडाउन खुलेसँगै आम सर्वसाधारण घरबाट निस्कने क्रम बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । लकडाउन खुलेपछि संक्रमण फैलिएका देश धेरै भएको भन्दै विज्ञहरुले सतर्क रहन आग्रह गरेका छन् ।
