
पोखरा, ८ साउन । सुनको मूल्यमा बिहीबार पुनः नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिन बुधवारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको भाउ ९४ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा यो सुनको भाउ हालसम्मकै उच्च हो ।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला तोकेको छ । अघिल्लो दिन तेजावी सुनको प्रतितोला ९३ हजार ५६० रुपैयाँ तोकिएको थियो ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । मूल्य आकासिएसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।