वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

-


     मर्दी न्युज    
     श्रावण ८ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

वीरगञ्ज । वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार अपरान्ह वीरगञ्ज महानगरपालिका–६ माईस्थानका करिब ७० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। उनको बुधबार पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

सोमबार एडभान्स अस्पतालमा भर्ना भएका बृद्धको श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।

मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको, यसअघि छाती, मुटुको समस्या नरहेको, ट्राभल हिष्ट्रीसमेत नरहेकाले कोरोना कम्युनिटी लेभलमा गइसकेको पुष्टि भएको कोभिड अस्पतालका कोर्डिनेटर डा उदयनारायण सिंहले बताए ।

कोभिड अस्पतालमा नै मृतक वृद्धको शव रहेको र नेपाली सेनाले शव व्यवस्थापन गर्ने कार्य सुरु गरेको अस्पतालका कोर्डिनेटर डा. सिंहले जानकारी दिए ।