रञ्‍जनलाई सजाय घटाउने सर्वोच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने

-


     मर्दी न्युज    
     ८ साउन २०७७ मा प्रकाशित


काठमाडौं । सर्वोच्च अदालतले रञ्‍जन कोइरालालाई सजाय घटाएर गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ । 

पूर्वडीआईजी  कोइरालाको सर्वस्वसहित जन्मकैदको सजाय घटाएर आठ वर्षमै जेलमुक्त गर्ने सर्वोच्च अदालतको फैसलापछि उनी आज मात्र रिहा भएका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र  न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय  पुनरावलोकनमा जान लागेको हो । महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार सकेसम्म आजै पुनरावलोकनका लागि जाने तयारी छ ।

कोइरालाले पत्नी गीता ढकालको हत्या गरि बोरामा राखेर टिस्टुङमा लगेर डढाएका थिए ।