नेपालमा थप १४७ जनामा कोरोना संक्रमण, १५६ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     ८ साउन २०७७ मा प्रकाशित


पोखरा, ८ साउन । नेपालमा थप एक सय ४७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बिहीबारसम्म नेपालमा ५ हजार ३ सय ५८ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख ३१ हजार ९५ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी बिहीबारसम्म क्वारेन्टाइनमा २० हजार ९८ जना रहेका छन् । यस्तै आइसोलेसनमा ५ हजार ३ सय ५८ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा १५६ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १२ हजार ८ सय ४० रहेको प्रवक्ता डा गौतमले बताए ।

थप एक जनाको मृत्यु

नेपालमा बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु  भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीवार थप एक जनाको मृत्यु भएको पुष्टि गरेसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।

वीरगञ्जका ७० वर्षका पुरुषको नारायणी अस्थायी कोभिड अस्पतालमा भर्ना भई मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



Tags: