
पोखरा, १७ साउन । आजदेखि पोखरा फेवाताल खहरेस्थित जिरो ग्यालरी क्याफेमा अन्तर्राष्ट्रिय चित्रकला प्रदशनी सुरु भएको छ । प्रदर्शनीमा क्यानाडा, चीन र यूरोप देशका कलाकारहरूको पेन्टिङ्ग समावेश छन । पोखराका पदम घले र हेमकान्ति गुरूङको पनि प्रदर्शनीमा सहभागी छन ।

यस प्रदर्शनीको क्यानेडियन नागरिक मोनिक रोमि र प्रिसिला प्रसादले सञ्चालन गरेकी हुन । प्रिसिला प्रसादकी हजुर वुवा नेपाली हुन । जो पहिलै क्यानाडा छिरेका थिए । उनीहरू नेपाल र भारतमा कलासम्बन्धी कार्यक्रम गर्छन् । नेपाल अति सुन्दर र शान्त देश भएको बताउने उनीहरु नेपालमै सधै बस्ने विचार रहेको बताए । पेन्टिङ्गहरू पुर्णरूपमा अमुर्त छन ।
प्रदर्शनीमा कलाप्रेमीहरूले अन्तर्राष्ट्रिय कलाबाट आनन्द लिन सकिने छ । प्रदशनी तीन दिनसम्म चल्ने छ ।



