
काठमाडौं । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँले बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ ।
पोखरा र दाङमा भने पेट्रोल प्रतिलिटर १०३/५०, डिजेल र मट्टितेल ८९/५० पर्ने निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनले प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्यको समायोजन गरेर पठाउने गर्दछ । आज अगष्ट एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमको स्पष्टीकरण छ ।
