
फाइल तस्विर
वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणका कारण शनिबार साँझ थप एक वृद्धाको मृत्यु भएको छ।
नारायणी बयोधा अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका-१६ नगवाकी संक्रमित ६८ वर्षीया महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए। उनमा शुक्रबार राति कोरोनाको संक्रमण पुष्टि भएको थियो।
यसअघि शुक्रबार विहान १० बजेर १० मिनेटमा वयोधा अस्पतालमा उपाचारर्थ भर्ना भएकी वीरगन्ज–१६ नगवाकै ५० वर्षीया महिलाको मृत्यु भएको थियो । मृत्यु पछि शुक्रबार राति ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।