
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भए पछि अहिले त्यहाँ सर्वसाधारणलाई आउजाउ गर्न रोक लगाइएको छ ।
कोरोना पुष्टि भएसँगै महाशाखाका एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । महाशाखाका अनुसार संक्रमित प्रहरीहरूलाई प्रहरी अस्पतालमा राखिएको छ । महाशाखा अहिले पूरै लकडाउनमा अवस्थामा रहेको जनाइएको छ ।
महाशाखामा १५ सय ४५ जनाले काम गर्दै आएका थिए । ३७५ जना क्वारेन्टिनमा बसेपछि १ हजार १ सय ७० जनाले महाशाखाको काम सम्हालिरहेका छन् ।