सुनको मूल्य तोलाको ९९ हजार ६ सय

-


     मर्दी न्युज    
     श्रावण १८ गते २०७७ मा प्रकाशित


पोखरा । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ उचाई कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा अघिल्लो दिन शुक्रवारको तुलनामा ३०० ले वृद्धि भएको छ । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० कायम भएको मूल्य आइतबार बढेर ९९ हजार ६०० मा पुगेको छ । यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रू. ९९ हजार १६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबारको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । विगत एक सातादेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।

चाँदीको मूल्य भने प्रतितोला रू. ३० घटेर रू. १ हजार २ सय ३० मा कारोबार भइरहेको छ ।