
पोखरा । गण्डकी प्रदेश सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने भएको छ । भोलि सोमबार जनैपूर्णिमा परेकोले सो अवसरमा गण्डकी प्रदेशले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यसअघि नै गण्डकी प्रदेश सरकारले जनैपूर्णिमा सहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । निर्णय अनुसार सोमबार सरकारी कार्यालय, शैक्षिक संस्थालगायत बन्द रहनेछन् ।
जनैपूर्णिमाको पूर्वसन्ध्यामा पोखरामा आज राखी किन्नेको चहलपहल निकै बढेको छ ।






