
सन थापा
जापान । अगस्ट २
जापानमा कोरोना संक्रमितको संख्या झण्डै ४० हजार पुगेको छ । आइतबार १ हजार ३ सय ३१ जना थपिदै कुल संक्रमित ३९ हजार ९ सय ६८ जना पुगेको छ । एनएचकेका अनुसार २ हजार २६ जनाको मृत्यु, ८० जना गम्भीर बिरामी र २६ हजार १ सय ६५ जना निको भएका छन् ।
राजधानी टोकियोमा आइतबार २ सय ९२ जना थपिएर जम्मा संक्रमित १३ हजार ४ सय ५५ पुगेको छ । सबैभन्दा दक्षिणी टापु ओकिनावामा संक्रमण दर तीब्र बृद्धि भएपछि अगष्ट १ देखि १५ सम्म आपतकालिन अवस्था घोषणा गरेको छ ।
ओकिनावाका गभर्नर डेन्नी तामाकीले अत्यावश्यक बाहेक बाहिर ननिस्कन र अन्य प्रान्तका नागरिकलाई यहाँ यात्रा नगर्न आग्रह गरेका छन् । एक तथ्याङ्कअनुसार प्रत्येक १ लाख जनसंख्यामा सबैभन्दा बढी संक्रमण दर ओकिनावामा देखिएको छ । जहाँ १८.३८ संक्रमण दर रहेको छ । त्यसैगरी टोकियोमा १५.७२, फुकुओकामा १३.८३, ओसाकामा १३.६८, आईचीमा १२.८०, मियाजाकेमा ९.५१ र कुमामोतोमा ८.९६ प्रतिशत संक्रमण दर रहेको छ ।
संक्रमित संख्या धेरै भएका प्रान्त
टोकियोपछि बढी संक्रमित भएको प्रान्त ओसाका हो । जहाँ आइतबार १ सय ९४ जना थपिएर जम्मा ४ हजार, ४ सय ४६ जना संक्रमित छन् । त्यस्तै खानागावामा ७२ जना थपिदै २ हजार ६ सय १३ जना पुगेका छन् । फुकुओकामा २ हजार १ सय ९२ जना संक्रमित छन् । जहाँ आइतबार १ सय ४५ संक्रमित थपिए । आईचीमा १ सय ६० थपिदै २ हजार १ सय ४६ जना संक्रमित भएका छन् ।
त्यसैगरी चिबामा ५१,होक्काइदोमा ९, ह्योगोमा ६०, क्योतोमा १७ जना र ओकिनावामा ६४ जना नयाँ संक्रमित थपिए । जहाँ क्रमशः १ हजार ७ सय ७०, १ हजार ४ सय ५५, १ हजार ३ सय १२, ८ सय २६ र ५ सय १७ जना संक्रमित छन् ।