गण्डकी प्रदेशको ‘हेल्लो डाक्टर सेवा’ बन्द

-


     मर्दी न्युज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेश, सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा संचालन भएको ‘हेल्लो डाक्टर सेवा १०९२’ बन्द गरिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले एक सूचना जारी गर्दै लकडाउन खुलेपछि सबै अस्पतालहरुका ओ.पी.डी. सेवा संचालनमा आएकोले अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘लकडाउन खुलेपछि सबै अस्पतालहरुका ओ.पी.डी. सेवा संचालनमा आएपश्चात गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा संचालन भएको “हेल्लो डाक्टर सेवा १०९२” अर्को सुचना नभएसम्मका लागी बन्द गरिएको ब्यहोरा अनुरोध छ ।’