
पोखरा, १९ साउन । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार जारी गरेको विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका पोखरा महानगरपालिकाका ४ र स्याङ्जा जिल्ला हरिनास गाउँपालिकाका गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका १९, २३, ३६ र ३९ वर्षका पुरुष छन् ।
यसैगरी क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा स्याङ्जाको हरिनास गाउँपालिकाका १ जना २९ वर्षीय पुरुष रहेको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १५२९ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
यसैगरी कोरोना संक्रमण भई निको भएर गण्डकी प्रदेशमा डिस्चार्ज हुनेको संख्या १३३० पुगेको निर्देशनालयले जनाएको छ ।
