पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोना संक्रमण, ३५८ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित


पोखरा, १९ साउन । पछिल्लो २४ घण्टामा थप ४ सय १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । सोमवारसम्म ५ हजार ७ सय ३२ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख ९८ हजार ९ सय ७ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी सोमवारसम्म क्वारेन्टाइनमा १० हजार ४ सय ५२ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ३ सय ५८ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १४ हजार ९ सय ६१ रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: