
तस्विरः अमृत गुरुङको फेसबुकबाट
पोखरा । नयाँपुलबाट घान्द्रुक जांदै गरेको बलेरो जिप दुर्घटनामा परेको छ । घान्द्रुक गाउँ तल क्लिउ भन्ने ठाउंमा जिप घुमाउन खोज्दा सोमबर जिप दुर्घटना भई चालक सोमप्रसाद शेरचनको मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष हमालले मर्दीन्यूजलाई बताए ।
प्राप्त समाचार अनुसार खाधान्न लिएर गएको ग २ च २८१७ नम्बरको सेतो बलेरो जिप दुर्घटना भएको हो । घुम्तीमा गाडी घुमाउन खोज्दा दुर्घटना भएको प्रवक्ता हमालले बताए ।
हमालका अनुसार ४० वर्षीय चालक शेरचनको स्थायी घर मुस्ताङ रहेको छ ।

