विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

विराटनगर । कोरोनाका कारण विराटनगरमा सोमबार एक वृद्धको मृत्यु भएको छ । विराटनगर–५ का ७७ वर्षीय ती पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोसी अस्पतालका प्रवक्ता लक्ष्मिनारायण यादवका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार आएपछि उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको थियो ।

वृद्धलाई आइसोलेसनमा राखेर १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । मृत्यु पछिमात्र उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

मधुमेहको समस्या भएका उनलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर उनको ट्राभल हिस्ट्री नदेखिएको यादवले जानकारी दिए । वृद्धको मृत्युसँगै प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनको संख्या दुई पुगेको छ ।



Tags: