विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख

-


     मर्दी न्युज    
     श्रावण २० गते २०७७ मा प्रकाशित


पोखरा, २० साउन । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८१ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ८१ लाख ८७ हजार ३९६ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख १२ हजार ३०५ पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या २७ लाख ३३ हजार ६७७ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा १८ लाख ३ हजार ६९५ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ९१ हजार ३५२ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ५५ हजार ३७९ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा ९४ हजार १०४ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर कोरोनाको उपचार भई घर फर्किनेको संख्या १ करोड ८ लाख ४१ हजार ४३६ जना रहेको छ ।



Tags: