
पोखरा, २० साउन । भारतमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या १८ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ५२ हजार ९७२ जनामा कोरोना पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ३ हजार ६ सय ९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ७१ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ३८ हजार एक सय ३५ जनाको मृत्यु भएको छ ।