
काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेताहरुसहित जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् ।
बालुवाटारमा जारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।
छलफलका लागि प्रधानमन्त्री ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञ तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूलाई बोलाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
कोरोना संक्रमण फैलिँदै गएपछि सरकारको आगामी कदमबारे प्रधानमन्त्रीले विज्ञहरु र शीर्ष नेताहरुसँग राय लिन खोजेका हुन्


