सुनको मूल्य तोलाको ९९ हजार ८ सय

-


     मर्दी न्युज    
     श्रावण २० गते २०७७ मा प्रकाशित


पोखरा । नेपाली बजारमा सुनको मूल्यमा आज पनि रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य तोलामा अघिल्लो दिन सोमवारको तुलनामा २०० ले वृद्धि भएको छ । सोमवार छापावाल सुनको प्रतितोला ९९ हजार ६०० कायम भएको मूल्य मंगलवार बढेर ९९ हजार ८०० पुगेको छ । यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रू. ९९ हजार ३६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलवारको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । विगत एक सातादेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।

चाँदीको मूल्य भने आज स्थिर भई १ हजार २ सय ३० मा कारोबार भइरहेको छ । यही साउन ७ गतेयता सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ।