पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमण, ६५ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     श्रावण २० गते २०७७ मा प्रकाशित


पोखरा, २० साउन । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलसम्म ५ हजार ९ सय २५ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ४ लाख ६ हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी मंगलवारसम्म क्वारेन्टाइनमा १० हजार ४ सय ५२ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ६५ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १५ हजार २६ रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: