स्याङ्जामा थपिए ८ जना कोरोना संक्रमित

-


     मर्दी न्युज    
     श्रावण २० गते २०७७ मा प्रकाशित


पोखरा, २० साउन । स्याङ्जामा थप ८ जनामा कोरोना संक्रमण फेला परेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पुतलीबजार नगरपालिकाका २ महिलासहित ६ जना पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १५४३ पुगेको छ । संक्रमित व्यक्तिहरु सबैलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी कोरोना संक्रमण भई गण्डकी प्रदेशमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १३५२ पुगेको निर्देशनालयले जनाएको छ ।



Tags: