जापानमा मंगलबार १ हजार २ सय ३९ संक्रमित, स्वास्थ्यमन्त्रीद्वारा आपतकालको संकेत

-


     मर्दी न्युज    
     श्रावण २० गते २०७७ मा प्रकाशित


सन थापा
जापान, अगस्ट ४ । जापानमा मंगलबार १ हजार २ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमित ४२ हजार १ सय ६७ जना पुगेको छ । राति १० बजेसम्म १ हजार ३५ जनाको मृत्यु, ८८ जना गम्भीर बिरामी र २७ हजार ८ सय ५६ जना निको भएको सञ्चार माध्यम एनएचकेले जनाएको छ।

यसैबीच स्वास्थ्यमन्त्री खाचुनोबु कातोले देशब्यापी आपतकालीन अवस्था घोषणा हुने संकेत मंगलबार गरेका छन्। उनले संक्रमणको दर उच्च हुदै गएमा स्वास्थ्य विशेषज्ञहरुको छलफलपछि यस विषयमा निर्णय गरिने बताए । यसअघि ओकिनावा प्रान्तमा दोस्रोपटक जुलाई १ देखि १५ गतेसम्म आपतकाल घोषणा गरेको छ ।

बढी संक्रमित ११ प्रान्त
टोकियोमा मंगलबार ३ सय ९ जना थपिएर जम्मा संक्रमित १४ हजार २२ पुगेको छ । टोकियोमा २ सय भन्दा बढी संक्रमित थपिएको लगातार आठौं दिन हो।

त्यसैगरी ओसाकामा १ सय ९३, खानागावामा ८९,साइतामामा ४९,आईचीमा १सय २०,फुकुओकामा ८९, चिबामा ४७, होक्काईदोमा ११, ह्योगोमा ३२, क्योतोमा २१, ओकिनावामा ८३ जना थपिएका छन् । ओसाकामा ४ हजार, ७ सय २० जना, खानागावामा २ हजार, ७ सय ५० जना, साईतामामा २ हजार, ५ सय ५६ जना, आईचीमा २ हजार, ३ सय ९१ जना र फुकुओकामा २ हजार ३ सय ५६ जना संक्रमित संख्या पुगेको छ।

त्यसैगरी चिबामा १ हजार ८ सय ६० जना, होक्काइदोमा १ हजार ४ सय ८९ जना, ह्योगोमा १ हजार ३ सय ७१ जना, क्योतोमा ८ सय ७६ जना र ओकिनावामा ६ सय ३७ जना संक्रमित संख्या पुगेको छ।